काठमाडौं–भदौ १४ । नेपाल उद्योग वाणिज्य महासंघ टोलीले आसन्न भारत भ्रमणका क्रममा आर्थिक मुद्दाहरूमा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । बालुवाटरमा सोमबार प्रधानमन्त्री दाहाललाई भेटी महासंघका अध्यक्ष पशुपति मुरारकाले आसन्न भारत भ्रमणका क्रममा आर्थिक मुद्दालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालसँग अध्यक्ष मुरारकाले भारतसँग बढ्दो व्यापार घाटा कम गर्ने विषयमा ठोस छलफल गर्न पनि आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले आसन्न भारत भ्रमणका क्रममा आर्थिक विषय प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ ।