बाग्लुङ–भदौ १३ । धौलागिरी अञ्चलका ५० वटा सहकारी संस्था खारेज भएका छन ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा निष्क्रिय बनेका ५० वटा सहकारी संस्था खारेज हुने भएका हुन । दैनिक सहकारी संस्था दर्तामा बृद्धि भएपनि सहकारीहरु निष्क्रिय बन्दै गएपछि डिभिजन कार्यालय बागलुङले खारेजी अभियानलाई अघि बढाएको हो । खारेज गरिएका सहकारीहरुमा बागलुङका २५, पर्बतका १८, म्याग्दीमा ६ र मुस्ताङमा एक छन् ।
नियमित रुपमा काम नगरेका, लेखा परिक्षण नगराएका, साधारणसभा नभएका तथा सहकारी निर्देशिका बमोजिम काम नगरेका संस्थाहरु खारेजीमा परेको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।