बसपार्क नहुँदा सवारी साधन पार्कीङमा समस्या

जाजरकोट–भदौ १३ । व्यवस्थित बसपार्क नहुँदा जाजरकोटमा सार्वजनिक सवारी साधन पार्कीङ गर्न समस्या भएको छ ।

jajorkat busparkजाँजरकोट जिल्लामा सडक पुगेको ९ बर्ष पुग्दा पनि यातायातका साधन राख्ने स्थान अभावमा जथाभावी पार्किङ गरिएका छन् । सदरमुकाम खलंगाको शान्तिचौतारामा साँघुरो बसपार्क भएपनि त्यसमा खचाखच बस कोच्ने गरिएको छ । यसबाट गाडी राख्न र मोड्न समस्या भएको सरोकारवालाको भनाइ छ ।

बसपार्क अभावमा खरेखोला, शान्तिचौतारा, बागलुङ होटेल, ठाँटीबजार, भेटनरीडाँडा, थाप्लेचौर, गैरीखाली, कारागार लगाएतका स्थानमा पार्किङ गर्ने गरिएको छ । जथाभावी पार्किङ गर्दा दुर्घट्ना हुने गरेको सर्वसाधारणको गुनासो छ ।

तपाईको प्रतिक्रिया