अवैधानिक ईट्टा उद्योग कानुनी दायरामा आएनन्

कञ्चनपुर–भदौ १३ । ईटा व्यवसायीले अवैधानिक रुपमा संचालन भइरहेका ईट्टा उद्योगलाई कानुनी दायरामा ल्याउन नसकेको बताएका छन् ।

ita bhattaनेपाल ईट्टा उद्योग महासंघले महेन्द्रनगरमा  पत्रकार सम्मेलन गरि अवैधानिक ईट्टा उद्योग कानुनी दायरामा नआएको स्विकार गरेको हो । कार्यक्रममा अध्यक्ष महेन्द्रबहादुर चित्रकारले सरकारले गैरकानुनी रुपमा संचालन भएका ईट्टा उद्योग बन्द गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले नै मापदण्ड विरुद्धका भुसे इँटा उद्योगलाई भ्याटमा छुट दिएर अरुलाई अन्याय गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा अधिकांश ईट्टा व्यवसायीले कानुन ठूलाकालागि नभई कमजोरका लागि लगाम भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया