काठमाडौं–भदौ १० । दशैका लागि बसको अग्रिम टिकट बुकिङ असोज पहिलो साताबाट खुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग र प्रहरीको संयुक्त निगरानी सहित दशैका लागि १५ दिन अघि बसको टिकट बुकिङ खुल्ला हुन लागेको हो । टिकटमा कालोबजारी नहोस भनेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना प्रतिनिधि परिचय पत्र सहित खटाएर विचौलियालाई निरुत्साहित गर्ने जनाएको छ । राजधानीका १२ स्थानमा अग्रिम बुकिङ लागि टिकट काउण्टरको व्यवस्था गरिने बताइएको छ । अग्नि मकालु लगायतका यातायातले असोजको सुरुवाती देखि नै बुकिङ खुल्ला गर्ने जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैका लागि अग्रिम बुकिङ बारे यातायात व्यवस्था विभागसँग छलफल भइरहेको र दुई साता अघिदेखि अग्रिम बुकिङ खोल्ने तयारी भएको बताउनुभयो । यात्रुलाई सहज रुपमा गन्तब्यमा पुर्याउन तयार भएको भन्दै सरकार सडकको अवस्था सुधार गर्न तयार नहुँदा जोखिम व्यहोर्नुपरेको सिटौलाको दाबी थियो ।