फेसबुक अभियानबाट विद्यालय शिक्षा सुधारका लागि १० लाख सङ्कलन

पर्वत–भदौ १० । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्न भन्दै पर्वतका पूर्व विद्यार्थीले सुरु गरेको फेसबुक म्यासेन्जर अभियानबाट एक हप्तामा १० लाख बढी रकम सङ्कलन भएको छ ।

Facebook-Messengerपर्वतको आर्थर डांडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सुरु गरेको म्यासेन्जर अभियानबाट एक हप्तामा १० लाखभन्दा बढी सङ्कलन भएको हो । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ । एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्च संरक्षक सदस्य लिएर १० लाखभन्दा बढी संकलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले बताउनुभयो ।

मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न १५ हजार, आजीवन सदस्य बन्न १० हजार र साधारण सदस्य बन्न रु ५०० शुल्क तोकेको छ । सदस्य बापत उठेको रकमले निजी स्रोतमा शिक्षक राखेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराउने लक्ष्य राखिएको छ । शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइ सराइ गर्दै सहरबजार पुग्ने प्रचलन रोक्न पनि गाउँमै गुणस्तरीय शिक्षा दिनुपर्ने दाबी विद्यार्थीहरुको छ ।

 

Published On:  470पटक हेरिएको

तपाईको प्रतिक्रिया