युुरोपको उत्कृष्ट वर्ष खेलाडी बने रोनाल्डो

एजेन्सी–भदौ । क्रिस्टियानो रोनाल्डो युरोपको वर्ष उत्कृष्ट खेलाडी घोषणा भएका छन् । पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपको उत्कृष्ट फुटवलर घोषित हुंदै उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात परेका हुन् ।

cristiano-ronaldo-real-madridफ्रान्सको मोनाकोमा बिहीबार राती भएको बिशेष कार्यक्रममा रोनाल्डोलाई अवार्ड दिइएको हो । ३१ बर्षीय रोनाल्डोले अवार्ड जित्ने क्रममा रियल मड्रिडकै टिम मेट ग्यारेथ बेल र एथलेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका छन् । कप्तान रोनाल्डोले पोर्चुगललाई यस वर्ष युरोकपको उपाधि पनि दिलाएका थिए भने, यसै वर्ष रियल मड्रिडलाई च्याम्पियन्स् लिगको उपाधि पनि दिलाएका थिए ।

cristiano-ronaldo_jpgरियल मड्रिडलाई च्याम्पियन्स् लिगको उपाधि जिताउने क्रममा रोनाल्डोले च्याम्पियन लिगको १२ खेलमा १६ गोल गरेका थिए । युरोपको उत्कृष्ट फुटबलर घोषित भएपछि रोनाल्डोले यो पुरस्कार पाउनुमा टिम मेटको सहयोग र आफ्नो मेहेनतले सम्भव रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया