सातौं राष्ट्रिय खेलकुुद मंसिर ८ गतेबाट : विष्ट

सुनसरी–भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले विभिन्न कारणले रोकिएको सातौं राष्ट्रिय खेलकुुद आगामी मंसिर ८ गतेबाट सुरु हुने बताउनु भएको छ ।

khelkudसुनसरीको ईटहरीमा भएको पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुुद अब भने तोकिएकै समयमा हुने वताउनु भएको हो । उहाँले खेल सम्मपन्न गर्न परिषदका सदस्य सचिवको संयोजकत्वमा २८ सदस्यीय समिति चयन गरी कुन खेल कहाँ गर्ने भन्ने विषयको तय हुने बताउनु भयो ।

मंसिर ८ गते उद्घाटन हुने प्रतियोगिताका लागि सम्पुर्ण जिल्लामा भदौ २० गतेबाट प्रतिस्पर्धा गर्न इच्छुक खेलाडिका लागि आवेदन फारम खुल्ला गरिने छ । खेल सम्पन्न गर्न लाग्ने कुल ३७ करोड ६८ लाखमध्ये सरकारले बजेटमा २३ करोड रुपैयाँ छुुट्याएको छ ।

Published On:  427पटक हेरिएको

तपाईको प्रतिक्रिया