वायुप्रदुषण रोक्न तम्सिदै वातावरण विभाग

काठमाडौं–भदौ १० । वातावरण विभागले वायु प्रदुषणलाई नियन्त्रण गर्न आवश्यक रणनीतिक योजना तर्जुमा गर्ने उद्देश्यले अनुरुप एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

bayo brdusan karyasalaकाठमाडौमा शुरु वायु प्रदुषण सम्वन्धि गोष्ठीले वातावरण नियन्त्रणको लागि आवश्यक रणनितीक कार्ययोजना तयार पार्नेछ । वायु प्रदुषण नियन्त्रणको क्षेत्रमा कार्यरत यस क्षेत्रका विज्ञहरुको राय र सुझावको आधारमा वायुप्रदुषण नियन्त्रण सम्वन्धि कार्ययोजना तयार पार्ने वातावरण विभागले जानकारी दिएको छ ।

कार्यक्रममा वायु प्रदुषण नियन्त्रणको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि र यस क्षेत्रसंग सम्वन्धित विज्ञहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया