दलीय एकता अहिलेको आवश्यकता : नेता सिंह

काठमाडौं–भदौ १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकका विद्यमान चुनौती सामना गर्न दलहरुबीचको एकता अत्यावश्यक रहेको बताउनुभएको छ ।

prakash-man-sing1महिला नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवशको अवसरमा आयोजित समारोहलाई सम्वोधन गर्दै नेता सिंहले मुलुकको राजीनितिमा अझै चुनौती रहेको भन्दै दलहरुबीचको सहमति आवश्यक भएको बताउनुभएको हो  । उहाँले पुर्ननिर्माण र संविधानप्रति असन्तुष्ट पक्षहरुका मागहरुलाई सम्वोधन गरी तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा वर्तमान सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेता सिंहले नेपाली महिलाहरुको जागरणको लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया