धनकुटा–भदौ १० । एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेलले केपी ओली नेतृत्वको सरकार हटाएर काग्रेस र माओवादीले गल्ति गरेको बताउनुभएको छ ।
धनकुटामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा पोख्रेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको अवस्थामा लोकप्रिय बन्दै गएको सरकार हटाएर कांग्रेस र माओवादीले ठूलो गल्ति गरेको बताउनुभएको हो । उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकार समेत लोकप्रिय भएकै कारण हटाइएको स्मरण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि लोकप्रियताको डरले गलत नियतले हटाईको दाबी गर्नुभयो ।
अघिल्लो सरकारले ल्याएका जनपक्षीय योजनालाई नयाँ सरकारले पुरा गर्न खोजे एमालेले प्रतिपक्षमै बसेर सरकारलाई सकारात्मक सहयोग गर्ने र वेवास्ता गरे दवावमुलक गतिबिधी सञ्चालन गर्ने पोखरेलको भनाई थियो ।