प्रचण्ड सरकार तेस्रोपटक विस्तार : कांग्रेसका १३ मन्त्रीले लिए सपथ

काठमाडौं–भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तेश्रो पटक विस्तार भएको छ ।

sarkar bistarनेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएपछि सरकार पुर्णता नजिक पुगेको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । दीपक गिरी सिंचाई, रोमी गौचन थकाली वाणिज्य तथा आपूर्ति, सीतादेवी यादव शान्ति तथा पुन:निर्माण, हृदयराम थानी सहकारी तथा गरिबी निवारण, नविन्द्रराज जोशीले उद्योग मन्त्रालयको जिम्मेवारी दिपाउनुभएको छ ।

यस्तै डाक्टर प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, अर्जुननरसिंह केसी सहरी विकास, केशव कुमार बुढाथोकी सामान्य प्रशासन र जीवन बहादुर शाहीले पर्यटन मन्त्रीका रुपमा सपथ लिनुभएको छ । गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सपथ ग्रहण समारोहमा पत्रकारहरुको प्रवेशमा रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया