कालीखोला बस दुर्घटना : मृतकको संख्या २२ पुग्यो

चितवन–भदौ १० । रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या  २२ पुगेको छ ।

muglang durghatanaनारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला भन्ने स्थानबाट ग १ ख ३७०९ नम्बरको बस बिहान त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु भएको हो । बस दुर्घटनामा परि अन्य १६ जना घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभएको छ । जानकारी दिनुभयो । घाइतेहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक मध्ये १९ पुरुष र ३ महिला रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुग्लिनमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्दार, बेपत्ताको खोजबिन तथा घाइतेको उपचार व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया