बत्तिको अभावमा उपचार प्रभावित

All about light: from bulbs to artसप्तरी–भदौ ।  बत्तिको अभावमा सप्तरीको मलेठ गाविसस्थित आँखा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ । १४ दिनअघि ट्रान्सफर्मर पड्किएपछि प्राधिकरणले हालसम्म मर्मत नगर्दा उपचार सेवा प्रभावित हुनुका साथै मलेठवासी आध्यारोमा बस्न वाध्य भएका हुन् ।

लहानस्थित सगरमाथा चौधरी आाखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र विजुलीकै समस्याका कारण उपचार सेवा प्रभावित भएको केन्द्रका प्रमुख रामकुमार झाले बताउनुभयो । उहाँले विजुलीको समस्याबारे पटक–पटक प्राधिकरण शाखा राजविराजमा जानकारी गराउदा पनि अर्को ट्रान्सफर्मर जडान गर्ने आश्वासन मात्र पाएको गुनासो गर्नुभयो । यता, प्राधिकरण प्रमुख राम उदगार साहले बिग्रेको ट्रान्सफर्मर मर्मतका लागि जनकपुर पठाइएको र चाँडै विद्युत् सेवा सुचारु गर्न आफू प्रयासरत रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया