सलमान भन्छन्, ‘अझै कुमार छु’

मुम्बई –।  salmanबलिउडका सदाबहार नायकका रुपमा सधै चर्चामा रहने हिरो सलमान खानले आफू अहिलेसम्म कुमार रहेको खुलासा गरेका छन् । नवाजुद्दीन सिद्धिकीको ‘फ्रिकी अलि’को ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले यस्तो रहस्य ओकलेका हुन् । रोमान्टिक मुडमा देखिएका उनले पत्रकारले सोधेका प्रश्नमा उदार जवाफ मात्रै दिएनन आफ्नो गोपनियता समेत खुलासा गरिदिए ।
‘फ्रिकी अलि’को ट्रेलरमा नायक नवाजुद्दीन सिद्धिकीले भनेका छन्,– ‘उनमा यौनको अत्यन्तै चाहना छ तर उनकी आमाको सल्लाह अनुसार यसको लागि उनले बिहेपछि मात्रै पाउनेछन् । यो फिल्मी लाईफको कुरा हो । वास्तविक जीवनमा यो कुरा लागू गर्नुपर्दा के गर्नुहुन्छ भन्दै पत्रकारले गरेको प्रश्नमा उनले मुस्कुराउादै भने–‘ऊ त पहिले नै विवाहित हो ।’
यहि प्रश्न पत्रकारले अविवाहित सलमानलाई पनि राखेका थिए, उनले भनेका छन्,– ‘मैले यो प्रश्नको जवाफ पहिले पनि दिएको छु । मेरो बिहे पनि भएको छैन र त्यो   (यौन) मा पनि कसैसाग खुलेर प्रस्तुत भएको छैन, अर्थात सबै विवाह पछि ।

Published On:  411पटक हेरिएको

तपाईको प्रतिक्रिया