कपिलबस्तु–भदौ ९ । लगातारको खडेरीका कारण कपिलवस्तु जिल्लाका धान उत्पादक कृषकहरु समस्यामा परेका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरु पर्याप्त वर्षा नहुंदा धान खेत सुक्न थालेपछि चिन्तित बनेका हुन् । पानीको अभावमा धानखेत सुक्न थालेको छ भने खेत सुकेर चिरा चिरा परेको किसानहरुले बताएका छन् ।
खडेरीकै कारण जिल्लामा यसबर्ष करिब २७ प्रतिशतले धान उत्पादनमा कमी आउने जिल्ला कृषि बिकास कार्यालयले अनुमान गरेको छ ।कपिलवस्तुको ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यसवर्ष ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।