कास्की–भदौ ९ । चाडपर्व शुरु भएसँगै पोखरामा लुटपाट र चोरीका घट्ना बढेका छन् । पोखराका मुख्य स्थानमै दिनदहाडै चोरी हुनुका साथै मानिसहरु लुटिन थालेपछि आम पोखरेलीमा सुरक्षाको चिन्ता बढ्न थालेको छ । चाडपर्वको समयमा बजारमा भिडभाड बढेसंगै लुटेरा र चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् ।
चाडपर्वको समयमा भिडभाडसंगै चोरीका घट्ना बढेको प्रहरीले पनि स्वीकारेको छ । चोरी तथा लुटपाट रोक्न प्रहरीले दैनिक सिभिल टोली खटाएपनि दक्ष जनशक्तीको अभावले सोचेअनुसार काम गर्न नसकेको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक घनश्याम आर्यालले बताउनुभयो ।