काठमाडौं–भदौ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेको छ । पार्टी कार्यालय धुम्बराहीमा बुधवार बसेको एमाले पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनबा
रे देशभित्र कुनै परामर्श नगरी विदेशी भूमिमा छलफल गरेको प्रति आपत्ति जनाउँदै पत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।
संविधान संशोधन देशको आन्तरिक विषय भएको भन्दै एमालेले परराष्ट्र मन्त्रालयको जिम्मेवारी खाली राखेर छिमेकी देशमा विशेष दूत पढाउनु नै गलत भएको जनाएको छ ।





