संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले दियो निर्देशन

काठमाडौं–भदौ ९ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले सत्यनिरुपण र वेपत्ता छानविन आयोगका लागि आवश्यक पर्ने ऐन तयार गरी तत्काल संसदमा पेश गर्न कानुन मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितको बैठकले यसअघिको सर्वाेच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ऐन निर्माण गरी तत्काल संसदमा पेश गर्न निर्देशन दिएको हो ।

कानुनमन्त्री अजयशंकर नायकसहित बसेको बैठकले तत्काल काम अघि बढाउन भनेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार छानविन आयोगले उजुरी संकलनको काम सकेपनि आवश्यक ऐनको अभावमा काम अन्यौलमा परेको छ । उजुरी संकलनको काम सकेपनि आवश्यक ऐन नहुँदा कारबाहीको प्रक्रिया के हुने भन्ने बारे अन्यौल कायमै छ ।

तपाईको प्रतिक्रिया