काठमाडौं–भदौं ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार तत्काल जनताले राहत महसुस गर्ने गरी काम गर्ने गृहकार्यमा लागिरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बुधवार प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गर्न आएका विभिन्न सामाजीक संघसंस्था तथा व्यापारिक संघसंस्थासंग अध्यक्ष दाहालले जनताको जिवनस्तरमा तत्काल राहत हुने गरी काम गर्ने गृहकार्यमा लागिरहेको बताउनुभएको हो ।
उहाँले सरकारप्रति जनताको अपेक्षा नै वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचन र पुर्ननिर्माण जस्ता राष्ट्रिय कार्यभार पुरा गर्न दलहरुबीचको सहमति आवश्यक रहेको बताउनुभयो ।