बेनीस्थित तेईस साले सिंचाई आयोजनाको पुन:निर्माण पुरा

म्याग्दी–भदौ ७ ।  म्याग्दीको बेनी नगरपालीका १ रत्नेचौरमा रहेको तेईस साले सिंचाई आयोजनाको पुननिर्माणको काम पुरा भएको छ  ।

nahar punanirmanसिंचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले ८४ लाख ९३ हजार रुपैयाँको लागतमा आयोजना पुननिर्माणको काम सम्पन्न गरेको हो । आयोजनाको नहर, मुहान लगायतका संरचना पुननिर्माणपछि रत्नेचौरबासिलाई सिंचाईमा सहज भएको छ । बिक्रम सम्वत २०२३ सालमा निर्माण भएको आयोजना नियमित मर्मतको अभाव र पहिरोका कारण जिर्ण हुंदा सिंचाई सेवा अबरुद्ध थियो । आयोजना पुननिर्माणपछि नहरमा पूर्ण क्षमताको पानी आएको छ भने पालो कुरेर सिंचाई गर्नुपर्ने समस्याको अन्त्य भएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर रावलले बताउनुभएको छ ।

sinchai dhan२ सय ५० घरधुरीको एक हजार रोपनी जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुगेको छ । आयोजनाको मुहान रहेको ढोडेनीखोला देखि रत्नेचौरसम्म दुई हजार दुई सय मिटर नयाँ पक्कि नहर निर्माण गरिएको छ ।

पहिरो गएको ठाउँमा एक सय मिटर पाईप राखेर पानी आपूर्ती गराइएको आयोजनाको दाबी छ । आगामी वर्ष, शाखा नहर मर्मत र पुननिर्माण गर्ने योजना रहेको सिंचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

Published On:  528पटक हेरिएको

तपाईको प्रतिक्रिया