सूचना नदिने बिरुद्ध मुद्धा हाल्नुस् : प्रमुख आयुक्त बाँस्कोटा

कास्की–भदौ ७ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सार्वजनिक सरोकारका सूचना लुकाउनेहरु बिरुद्ध उजूरी परे कारबाहि प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

suchanaसामुदायिक सूचना समाज पोखराले सूचना दिवसको अवसरमा गरेको कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले सूचना नदिनु भष्टाचार जस्तै अपराध भएको भन्दै आयोगमा उजूरी प्राप्त भए कारबाहिका लागि सिफारिस गर्ने बताउनुभएको हो । संविधानको धारा २७ ले सार्वजनिक सरोकारका हरेक सूचना माग्ने र पाउने कुरालाई मौलिक अधिकारमा राखेको भन्दै बास्कोटाले उजुरी हालेर सुचना आयोगलाई बोधार्थ पठाए बैधानीक लडाई लड्न तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कास्की जिल्ला र आफ्नो कार्यालयमा सूचना प्रबाह गर्न ६ बुँदे प्रतिबद्धता पढेर सार्वजनिक गर्नुभएको थियो ।

suchanaकार्यक्रममा सामूदायिक सूचना समाजका अध्यक्ष दीपक आचार्यले सूचना अधिकारीको नियुक्ति मात्रैले आम जनताको सूचना पाउने हक पुरा नहुने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको थियो । यस्तै, कार्यक्रममा समाजका कोषाध्यक्ष सम्झना आचार्य (सुवेदी) ले सुचना लुकाउने प्रबृत्तिले सरकारी कर्मचारीको कामकारबाही प्रति सेवाग्राहिको शंका पैदा भएको भन्दै सूचना दिएर इमान्दारिता देखाउन आग्रह गर्नुभएको थियो ।

सिआईएसले गर्यो विभिन्न व्याक्तिलाई सम्मान

सामुदायिक सूचना समाज पोखराले विभिन्न व्यक्तिलाई पुरस्कार र अवार्डबाट सम्मानित गरेको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सिआईएसले छनौट गरेका विभिन्न व्याक्तिहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

suchana 1पोेखरामा रहेर खोजमुलक पत्रकारिता गरेको भन्दै पत्रकार यदुनाथ बन्जरालाई सिआईएस पत्रकारीता पुरस्कार २०७३ प्रदान गरिएको छ । नगद ११ हजार १ सय ११ राषीको पुरस्कार सहित सम्मानित हुनुभएका बन्जराले कसैको भजनले मात्रै पुरस्कार पाईन्छ भन्ने परम्पराको अन्त्य भएको बताउनुभएको थियो । सराङकोट साप्ताहिकका प्रधानसम्पादक समेत रहेका बन्जराले बिगत १८ बर्ष देखि खोजमुलक पत्रकारिता गर्दे आउनुभएको छ ।

यस्तै, कास्की जिल्लाभित्र रहेका विभिन्न सरकारी कार्यालयहरु मध्येबाट उत्कृष्ट सूचना प्रबाह गर्ने कार्यालयको तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी गजुसिद्धि बज्राचार्यलाई सिआईएस ईन्फरमेशन अवार्ड २०७३ प्रदान गरिएको थियो । बज्राचार्यलाई नगद ५ हजार ५ सय ५५ सहित पुरस्कृत गरिएको हो । सुचना प्रहरीको लागि अति महत्वपुर्ण रहेको भन्दै बज्राचायले समुदायसंग मिलेर आगामी दिनमा थप चुस्त बनाउनका लागि अवार्डले प्रेरणा दिएको बताउनुभयो । सूचना प्रबिधिको क्षेत्रमा नयाँ खोज र प्रयोग गरेको भन्दै बिरज भण्डारी पनि सम्मानित हुनुभएको छ ।  उहाँले फ्युल रहित अपाङमैत्री स्कुटर बनाउनुभएको थियो । सूचना र प्रबिधिको प्रयोग गरेर आफुले फरक साधनको आविस्कार गरेको भण्डारीको दाबी थियो ।

suchana 3पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल पनि सम्मानित हुनुभएको छ । उहाँले नगद ५ हजार ५ सय ५५ सहित अवार्ड पाउनुभएको थियो । कास्की जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको तर्फबाट सूचनाको हक संबन्धी स्रोत व्याक्तिको रुपमा कार्य गर्दे आउनुभएका पौडेलले सूचना अधिकारी राख्न नमान्ने सरकारी निकायहरुको अहिलेको वास्तविकतामा पौडेलले सुचनाको हकको बारेमा विभिन्न कार्यशाला, तालिम तथा अन्र्तराष्ट्रिय स्तरका कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।

कार्यक्रमको अवसर पारेर सामुदायिक सूचना समाज, पोखराले प्रकाशन गरेको सूचना विशेष पुस्तक विमोचन तथा वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया