कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे हुँदै

मुस्ताङ–भदौ ७ । मुस्ताङको कागबेनीदेखि विश्व प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । जिविस अन्तरगत सञ्चालित ग्रामिण पूननिर्माण तथा पूनस्थापना आयोजना मार्फत १२ किलोमिटर दुरीको सडक कालोपत्रे गर्न दुई वटा योजना सञ्चालन भएको हो ।

१० करोड १७ लाख रुपैयाँको लागतमा गत वर्ष सुरु भएको कागबेनी–खिङ्गा खण्डको ७ किलोमिटर दुरीको सडक कालोपत्रे गर्नका लागि ६० प्रतिशत तयारी पुरा भएको छ ।

Published On:  453पटक हेरिएको

तपाईको प्रतिक्रिया