सप्तरी–भदौ ७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनबाटै मुुलुकको संक्रमण अन्त्य हुने बताउनुभएको छ । संघीय फोरम सप्तरीले सोमबार गरेको पत्रकार सम्मेलनमा यादवले राज्यले इमान्दारिताका साथ सहमतिको पालना गरे संक्रमण अन्त्य हुने बताउनु भएको हो ।
संविधान संशोधने बारे प्रतिकृया दिंदै यादवले सरकारको कोर्टमा बल रहेकाले आफूहरु त्यसको प्रतिक्षामा बसेको बताउनुभयो ।
अध्यक्ष यादवले सरकारले संविधान संशोधन अघि नबढाए पुन: आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।