संविधान कार्यान्वयन ठूलो चुनौति : प्रधानमन्त्री दाहाल

काठमाडौं–भदौ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन नै अहिलेको सबैभन्दा ठूलो चुनौति रहेको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले एक पक्षले अस्वीकार गरिरहेको अवस्थामा संविधान सर्वस्prachandaवीकार्य बनाई कार्यान्वयन गर्नु सबैभन्दा चुनोतिपूर्ण रहेको बताउनुभएको हो ।

संविधान कार्यान्वयन गरी राष्ट्रिय एकता कायम गर्न सरकार लागि परेको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले सरकारले पुननिर्माण, विकास र आर्थिक समृद्धिलाई प्राथमितामा राखेको पनि बताउनुभयो । वर्तमान राष्ट्रिय समस्यालाई राजनीतक सहमतिमै समाधन गरिने भन्दै प्रधानमन्त्री दाहालले एकताबद्ध हुन सबैलाई आग्रह पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया