सिजन सुरु नहुँदै बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ–भदौ ६ । सिजन सुरु नहुँदै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । सामान्यतय, पर्यटक आउने समय असोज/कार्तिक महिना भएपनि यो वर्ष बन्दीपुरमा चाँडै पर्यटकको चहलपहल देखिएको छ ।

bandipur touristविगतका वर्षमा सामान्यतया असोज/कात्तिक महिनाबाट मात्र बन्दिपुरमा पर्यटकको चहलपहल बाक्लिने गरेको थियो । बन्दीपुरमा भदौ महिनाको सुरुमै दैनिक चारसय जना सम्म पर्यटकहरु आउन थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैश गुरुङले बताउनुभयो ।

bandipur-mountain-resortबन्दीपुरमा भक्तपुरे शैलीमा निर्माण गरिएका पुराना घर, ढुङ्गाले छापेको बाटो र अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृखंलाको दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गर्दछन् । यस्तै, टुंडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्र लगायतका स्थानले पनि पर्यटकलाई लोभ्याएको छ ।

बन्दीपुर र धरमपानी गाविसलाई समावेश गरी बन्दीपुर नगरपालिका घोषणपछि पर्यटकमैत्री कार्यक्रमहरु हुन थालेपछि पर्यटकको आवागमन बढेको बन्दीपुरका स्थानीय कर्ण बहादुर खत्रीले बताउनुभयो । पर्यटकीय नगरी बन्दीपुरमा नगरपालिका, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाको सक्रियतामा १५ रोपनी क्षेत्रफलमा मानव निर्मित ताल बनाउने तयारी समेत सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो तालमा आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क निर्माण हुनेछ । नेपालमै पहिलो हुने मानव निर्मित ताल पर्यटकिय आकर्षणको अर्को नमुना बन्ने अपेक्षा गरिएको छ ।

bandipur green parkआन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दिपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेज लगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा रहेको छ । यी होटल तथा होमस्टेले एकै पटक १५ सय सम्म पर्यटकलाई आश्रय दिन सक्छन भने यहाँ झण्डै दुई सयले रोजगारी पाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया