बाग्लुङ्गका ४० गरिब तथा जेहेन्दार विद्यार्थीलाई सद्भाव छात्रवृत्ति

बाग्लुङ्ग भदौ ६ । बाग्लुङ्गका ४० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ ।

sadvab schlorshipबाग्लुङ्ग बजारमा एक कार्यक्रमको आयोजना गरि ६ वटा सरकारी विद्यालयका विद्यार्थीलाई सद्भाव छात्रवृत्ति—नेपालीले नेपालीलाई कार्यक्रम अन्तर्गत प्रदान गरिएको हो । बाग्लुङ्गका एसपी चक्र बहादुर सिंह ठकुरीको अध्यक्षतामा बालमन्दिरमा आयोजित वितरण कार्यक्रम मार्फत जिल्लाका गल्कोट उच्च मावि, जनहित माध्यमिक विद्यालय लगायतका विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई एक बर्षका लागि पुग्ने गरी छात्रवृत्ति वितरण गरिएको छात्रवृत्ति कार्यक्रमका अभियन्ता राजकुमार लामिछानेले बताउनुभयो । वितरण कार्यक्रमका क्रममा आफ्नो वक्तव्य राख्दै एसपी ठकुरीले छात्रवृत्ति पाएका विद्यार्थीहरुले सहि सदुपयोग गरी जिवनमा प्रगति गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

सद्भाव छात्रवृत्तिका जापान प्रमुख राजकुमार लामिछानेले आफुले जापानका नेपालीलाई सहयोगको लागि अपिल गरी गाउँका भाईबहिनीहरुलाई छात्रवृत्ति जुटाएको भन्दै विद्यार्थीहरुले सहयोगको उचित सदुपयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । लामिछानेले जापानमा रहि नेपाली बालबालिकाको शिक्षाका लागि आफु सदैव तत्पर भएकाले भविष्यमा अझ बढि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग जुटाउने बताउनुभयो । सद्भाव छात्रवृत्तिले एक नेपालीबाट जुटाएर समस्यामा रहेका अर्को नेपालीका बालबालिकालाई सहयोग गर्ने अभियान अन्तर्गत बाग्लुङ्गका बालबालिकालाई सहयोग गरेको छात्रवृत्ति सञ्चालन गर्दै आएको संस्था हिमालयन क्लाईमेट इनिसिएटिका प्रमुख कार्यकारी निर्देशक सिलसिला आचार्यले बताउनुभएको छ ।

sadvab sch1नेपालीले नेपालीकै छोराछोरीलाई सहयोग गर्ने अभियान अन्तर्गत सञ्चालित सद्भाव छात्रवृत्ति कार्यक्रमले देशका विभिन्न ग्रामिण क्षेत्रका विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्दै आएको छ । यस अभियान अन्तर्गत एक विद्यार्थीलाई सहयोग गर्न बर्षको ७००० रुपैंया प्रदान गरी संसारभरका हजारौँ नेपालीहरु सहभागी हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया