काठमाडौं–साउन ६ । काठमाडौंमा भदौं १४ गते ‘नाडा अटो शो–२०७३’ सुरु हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट प्राइभेट लिमिटेडले सवारी मेला सञ्चालन गर्न लागेका हुन् । भृकुटी मण्डपमा हुने मेलामा विभिन्न १६ वटा ब्राण्डका ४ पाङ्ग्रेहरू, १५ ब्राण्डका दुई पाङ्ग्रे र पाँच ब्राण्डका हेबी कमर्सियल सवारी साधनहरू राखिने नाडा एसोसिएसन अफ नेपालले जनाएको छ ।
६ दिन चल्ने सवारी मेलाको पचास हजारभन्दा बढी मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ ।