क्रान्तिकारी शक्तिलाई एकीकृत गर्दै सत्ता कब्जा गछौँ : विप्लव माओवादी

काठमाडौं–साउन ६ । विप्लव नेतृत्वको नेकपा माओवादीले कम्युनिष्ट न्युक्लियस नेपाललगायत विभिन्न क्रान्तिकारी दल र नेताहरूलाई एकीकृत गर्दै जनवादी क्रान्ति सफल पार्ने दाबी गरेको छ । काठमाडौंमा आइतबार माओवादीले पत्रकार सम्मेलन गरी सच्चा कम्युनिष्टबीचको एकता प्रक्रिया सुरु भएको भन्दै जनवादी क्रान्तिका माध्यमबाट राज्यसत्ता कब्जा गर्ने दाबी गर्नुभएको हो ।

नेकपा माओवादीले जनवादी आन्दोलन सफल भई स्वाधिन र स्वनिर्णय सहितको राजनीतिक अधिकार प्राप्त गरेपछिको पाँच वर्षमा जनताका आधारभूत अधिकार पूरा गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया