स्थानीय निकायको पुनर्संरचनामा जनताको प्राथमिकतामा ध्यान देऊ : देउवा

काठमाडौं–भदौ ५ । नेपाली कांग्रेसका सभापति शेरबSer-Bahadur-Deuba-400x255हादुर देउवाले स्थानीय निकायको पुनर्संरचना गर्दा जनताको पहुँचलाई ध्यानमा राख्न सुझाव दिनुभएको छ । काठमाडौंमा आइतबार स्थानीय निकायको पुनर्संरचनाबारे धारणा बनाउनका लागि भएको कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले जनताको सुविधा र व्यावहारिकतालाई ख्याल नगरी सिद्धान्तका आधारमा मात्र पुनर्संरचना गरे झन् विवाद उत्पन्न हुने बताउनुभयो ।

सभापति देउवाले केही समयका लागि स्थानीय निकायको वर्तमान संरचनालाई नै कायम राख्न उपयुक्त हुने पनि धारणा राख्नुभयो ।

Published On:  319पटक हेरिएको

तपाईको प्रतिक्रिया