काठमाडौं–भदौ ५ । दुर्घटनाको बहानामा बिना तयारी रूट परमिट नलिएका सवारी साधन सञ्चालनमा रोक लगाएको भन्दै सांसद्हरूले वर्तमान सरकारको आलोचना गरेका छन् । संसद् बैठकको सुरुमै विशेष समय लिएर कांंग्रेस सांसद् रामहरि खतिवडाले दुर्घटनाका नाममा सरकारले जनतलाई दु:ख दिएको आरोप लगाउनुभएको हो ।
उहाँले रुट परमिटका नाममा काभ्रे, रामेछाप, ओलढुङ्गा लगायत जिल्लामा रुट इजाजत नलिएका सवारी साधनलाई रोकिएको भन्दै बिना तयारी गरिएको यस्तो कामले जनतलाई दु:ख भएको बताउनुभयो । यस्तैगरी , एमालेका सांसद् यज्ञराज सुनुवारले रुट परमिटका नाममा सरकारले पूर्वी पहाडी जिल्लाहरूलाई १० वर्ष अघिको स्थितिमा पुर्याएको जिकिर गर्नुभयो ।