पुल नहुँदा बझाङस्थित काडाका सर्वसाधारण समस्यामा

बझाङ–भदौ ४ । बझाङको काडा गाविसमा पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।

Pul ko samasya_Bajhangबझाङको उत्तरीभेगमा पर्ने तिब्बतसँग जोडिएको सीमानामा स्थानीयले काठेसागुको पुल बनाए पनि दिगो हुन सकेको छैन । चैनपुरबाट तल्कोट भएर जानुपर्ने काँडा गाविसमा समदेउ खोला र घाँटगंगामा पुलभएपनि काँडाबाट धुलीगाउँ जाने बाटोमा पुल नहुँदा आवत जावतमा समस्या भएको हो । काँडानजिकैको भोटेनी खोलामा पनि पुल छैन ।

यस गाविसमा सेती नदीसहित साना खोलामा छ–सात वटा झुलङ्गे पुल आवश्यक रहेको काँडाका गाविस सचिक धनबहादुर घर्तीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया