क्रिकेट विवाद छिट्टै समाधान हुन्छ : मन्त्री श्रीपाइली

चितवन–भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाल क्रिकेट संघमा चुलिएको विवाद छिट्टै समाधान हुने दाबी गर्नुभएको छ ।

dalajik khelkudचितवनको भरतपुरमा आज प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलमा मन्त्री श्रीपालीले क्रिकेटले पाइरहेको सफलतालाई अगाडि बढाउन संघको विवाद आफ्नै कार्यकालमा मिलाउने दाबी गर्नुभएको हो । उहाँले क्रिकेट संघको विवाद समाधानको विषयमा आफूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई जानकारी गराइसकेको बताउनुभयो । खेलकदु क्षेत्रमा देखिएका नीतिगत समस्यालाई सुधार गरी अघि बढ्ने भन्दै मन्त्री श्रीपालीले आफ्नो कार्यकालमा खेलकुदमा धेरै सुधारका परिवर्तनहरू आउने दाबी गर्नुभयो ।

मन्त्री श्रीपालीले आफ्नो कार्यकालमा विगतका मन्त्रीहरूले अघि बढाएका राम्रा कामलाई अघि बढाउने, सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै गर्ने, १३ औं साग खेलकुदका लागि पूर्वाधार निर्माणका काम अघि बढाउने बताउनुभयो । मन्त्री श्रीपालीले खेलाडीका लागि जीवन बिमा, स्वास्थ्य बिमा, पुरस्कारहरू लगायत काम अघि बढाइने समेत बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया