सरकारलाई सहयोग गर्न नारायणकाजीको नेतृत्वमा समिति

काठमडौं–भदौ ४ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सहयोग गर्न ११ सदस्यीय सरकार सञ्चालन सहयोग समिति गठन गरेको छ ।

mawo ekata3अध्यक्षको नीजि निवास लाजिम्पाटमा बसेको पार्टी हेड्क्वाटर बैठकले नारायणकाजी श्रेष्ठको नेतृत्वमा रामबहादुर थापा बादल, कष्णबहादुर महरा, मात्रिका यादव, वर्षमान पुन, गिरिराजमणी पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, पम्फा भुषाल र तिलक परियार सदस्य रहने ११ सदस्यीय कमिटी गठन गरेको हो । त्यस्तै, बैठकले गोपाल किरातीलाई क्षेत्र नम्बर १ र शक्तिबहादुर बस्नेतलाई क्षेत्र नम्बर ६ को ईन्चार्जको जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रले रामबहादुर थापा बादलको नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पनि गठन गरेको छ । जसमा ७ प्रदेशका ईन्चार्ज, नेता टोपबहादुर रायमाझी, गिरिराजमणी पोखरेल, मणी थापा र नेतृ जयपुरी घर्ती सदस्य रहनेछन् ।

Published On:  280पटक हेरिएको

तपाईको प्रतिक्रिया