चितवन–भदौ ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज गरेको पत्रकार सम्मेलनमा पौडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको गुनासो गर्नुभएको हो । सरकारमा जानेबारे पार्टीको निर्णय भएपनि पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको बताउनुभयो ।
मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको पनि पौडेलले बताउनुभयो ।