शैक्षिक मुद्धा र संविधान कार्यान्वयनका लागि दबाब दिन्छौँ : नेविसंघ

काठमाडौं–भदौ ४ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको नवनिर्वाचित नेतृत्वले शैक्षिक मुद्धा र  संविधान कार्यान्वयन प्रार्थमिकतामा राखेर दवाव सिर्जना गर्ने जनाएको छ ।

vlcsnap-2016-08-20-19h56m02s503नेपाल विद्यार्थी संघको हालै सम्पन्न ११औं महाधिवेशनमा पराजित मनोजमणी आचार्य नेतृत्वको प्यानलले नवनिर्वाचित कार्यसमितिको स्वागतमा गरेको चियापान कार्यक्रममा नवनिर्वाचित नेतृत्वले शैक्षिक मुद्धा र संविधान कार्यान्वयनका लागि दवाव सिर्जना गर्ने जनाएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले संगठनभित्र कसैलाई काखा र पाखा नगरि सांगठनिक सुढृढीकरणमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै शनिबार भएको अर्को कार्यक्रममा नेविसंघ नवनिर्वाचित महामन्त्री कुन्दनराज काफ्लले पाठ्यक्रम परिवर्तन गरी व्यावहारिक शिक्षामा जोड दिन दबाब दिने र विद्यार्थीमा समस्याका रूपमा रहेको दुव्र्यसनीको अन्त्यका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा अन्य नवनिर्वाचित पदाधिकारीहरूले पनि आफ्ना योजना प्रस्तुत गरेका थिए

तपाईको प्रतिक्रिया