भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेटवार्ता

काठमाडौं–भदौ ४ । प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा भारत पुग्नुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

modhi n nedhiनिधिले मोदी निवास सेभेन रेशकोर्समा प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएको हो । निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनलगायतका विषयमा मोदीसँग छलफल गर्नुभएको बताइएको छ । नेपालको शान्ति, स्थायित्व र विकास नै भारतको प्राथमिकता रहेको स्पष्ट पार्दै मोदीले समृद्ध नेपाल भारतको चाहना रहेको बताउनुभएको थियो ।

निधिले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री सृुष्मा स्वराजसँग भेटवार्ता गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया