व्यवसायिक बन्दै नायक तथा निर्देशक

काठमाडौं–भदौ ३ । पछिल्लो समय नेपाली फिल्म क्षेत्र केही व्यवसायिक बन्दै गएको होकी भन्ने आभाष हुन थालेको छ । फिल्म निर्देशकदेखि नायक नायिकाले पनि आफ्नो पारिश्रमिक केही बढाएको देखिन्छ । हुन त बजारमा केही फिल्म पछिल्लो समय राम्रैसँग पनि चले । फिल्म ‘कृ’ का लागि नायक अनमोल केसीलाई निर्माताले २० लाख रुपैयाँ पारिश्रमिक दिइएको कुराले लामै समय फिल्म बजाanamolर तात्यो । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछानेले पनि एउटा फिल्म खेलेको कम्तीमा १० लाख पारिश्रमिक लिने गर्छन् । निर्देशक तुलसी घिमिरे, शिव रेग्मी लगायतले कुनै बेला बनाएको निर्देशकको ‘भ्यालु’ पछिल्लो दुई दशक राजेश हमाल, शिव श्रेष्ठ हुँदै निखिल उप्रेती, विराज भट्टसम्म आइपुग्दा स्वाट् Khagendra-Lamichhane-Talakjung-VS-Tulkeटै घट्यो ।

अथवा, चल्तीका नायकलाई लिएर फिल्म बनाउँदा निर्देशक चिनिएको वा गतिलो हुनैपर्ने बाध्यता निर्मातालाई पर्न छोड्यो । तर पछिल्लो छिमलका निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङजस्ता जोसिला र नयाँ सोच बोकेका निर्देशकको आगमनले यति बेला स्वदेशी फिल्मको परिदृश्य फेरिएको भान पर्न थालेको छ । उनीहरूको काम राम्रो र नाम चल्तीमा मात्रै छैन, दाम पनि मनग्गे लिइरहेका छन् ।

‘कबड्डी’ सिरिजबाट हिट भएका निर्देशक रामबाबुले यति बेला गर्न लागेको ‘झोले २’ का लागि २५ लाख रुपैयाा पारिश्रमिक लिए । ‘पशुपति प्रसाद’ पछि यसका निर्देशक दीपेन्द्र के खनालको माग हात्तै बढ्यो । डेब्यु फिल्म ‘द युगदेखि युगसम्म’ गर्दा उनी २४ वर्षका मात्रै थिए । ‘लुट’ निर्देशन गर्नुको उद्देश्य निश्चल बस्नेतलाई ‘हामी पनि फिल्म बनाउन सक्छौं है’ भनेर अरूलाई देखाउनु थियो । त्यो बेला पारिश्रमिक प्राथमिकतामै थिएन । त्यसपछि ‘टलकजंग भर्सेस टुल्के’ बनाएका उनी यति बेला फेरि ‘लुट २’ मा जुटेका छन् ।

तपाईको प्रतिक्रिया