आफ्नो स्वास्थ्यमा सचेत बन्ने हो कि !

काठमाडौं– भदौ ३ ।  समूहमा बोल्न, काम गर्न वा ठुल्ठूला बैठकहरुमा सहभागि हुादा डर लाग्ने, सधैं एकान्तमा बसीरहन मन लाग्ने समस्या तपाई जो कसैमा छ भने सचेत रहनुहोस । तपाईंमा देखिएका यस्ता लक्षणहरुले ठूलो समस्या निम्त्याउन पनि सक्छन् । मनोचिकित्सकका अनुसार व्यक्ति समूहमा गएर बस्न, बोल्न र घुलमिल हुन नसक्नु र डर मात्रै पैदा हुनु ‘सोसियल एन्जाइटी डिसअर्डर’ अर्थात् ‘सामाजिक परिवेशमा डराउने समस्या’ हो । यस्तो समस्या देखिए तत्कालै परामर्श लिएर आवश्यक उपचार थाल्नुपर्छ ।

‘सोसियल एन्जाइटी डिसअर्डर’ विश्वमा तेस्रो ठूलो समस्या  
विभिन्न स्वास्थ्य सम्बन्धि अध्ययनका अनुसार विश्वका झण्डै सात प्रतिशत व्यक्ति सोसियल एन्जाइटी डिस्अर्डर (सामाजिक परिवेशमा डराउने समस्या)बाट ग्रसिManasikत पाइएको छ । यो समस्या अल्कोहलिज्म र डिप्रेशन पछिको विश्वकै तेश्रो ठूलो समस्या पनि हो । यो समस्या भएका व्यक्तिहरु परिवारजन, साथीभाइ लगायतका पारिवारिक एवं सामाजिक जीबनबाट टाढा एकान्तमा बस्न रुचाउाछन् । सोचे अनुरुपको काम गर्न नसक्ने कुण्डाका कारण यसको प्रत्यक्ष असर जीवनमा पर्नसक्छ ।
‘सोसियल एन्जाइटी डिसअर्डर’ का लक्षणहरु
ड्ड डर लाग्ने
ड्ड सशंकित हुने वा नर्भस हुने
ड्ड धड्कन बढ्ने
ड्ड मुख सुक्ने
ड्ड अनुहार रातो हुने
ड्ड पसिना आउने
ड्ड हात, खुट्टा कााप्ने
ड्ड निरन्तर डर महसुस भइरहने ।
उपचार विधि
यो समस्यालाई बेलैमा बुझेको खण्डमा यस्ता समस्या भएका व्यक्तिलाई पुर्णतया सामान्य जीबनमा फर्काउन सकिन्छ । सोसियल एञ्जाइटी डिस्अर्डर कुनै रोग नभई केवल समस्या हो । त्यसैले यसमा औषधिको खासै धेरै प्रयोग गरिादैन । विरामीहरुलाई सकेसम्म परामर्श मार्फत नै उपचार गर्ने गरिन्छ । जसलाई ‘कज्जिनिटी विहेवियर थेरापी’ भनिन्छ । तालिम प्राप्त व्यक्तिहरु तथा मनोविज्ञानका चिकित्सकमार्फत यसको उपचार गरिन्छ । यसबाहेक कुनै परिस्थितिमा डर हटाउनकै लागि केही दिनसम्म औषधि प्रयोग गर्न लगाएर पनि यो समस्या कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush