यसरी ठगिन्छन् ट्याक्सीमा यात्रु

काठमाडौं–साउन ३ । ट्याक्सी भित्र राखिएको पैसा मापन मिटरमा पैसा उठ्ने पनि सिमित मापदण्ड हुन्छ तर ठगाहा ट्याक्सी चालकहरुले ट्याक्सीको मिटर, हर्न, ब्रेक लगाएत विभिन्न पार्टपुर्जामा अर्थिङ गरेर वेसि पैसा उठाई यात्रुलाई ठगिरहेका छन् । अधिकांशमा चालकहरुले तारलाई अन्य भागमा जोडेर ठग्ने गरेको भेटिएको छ । ढोका, एन्टेना, तथा ट्याक्सीको अन्य भागमा मिटरबाट तार जोडी अथिर्ङ भई बढी भाडा उठ्छ । यसबाहेक ट्याक्सीमै राखेको रेडियो, क्लच र ब्रेकमा पनि तार जोड्ने क्रम बढेको छ ।

taxiहालको नियम अनुसार प्रति किलोमिटर ३५ रुपैयाँ भाडा निर्धारण भएकोमा कल फास्ट गरेपछि ६/७ सय मिटर दूरी तय हुनासाथ नै त्यति रकम मिटरमा उठ्छ । ट्याक्सीको वाइपर एक पटक छुने बितिकै ६ रुपैया ४० पैसा देखि १५ रुपैया ९४ पैसा सम्म बढाउन मिल्छ । तर अहिले सम्म जथाभावी मिटर बढाएर यात्रुसंग पैसा असुल्दै आएका टयाक्सी चालकहरु भने आफुहरु यस कुराबाट वेखवर भएको वताउँछन् ।

प्रहरीको अभियान सँगै ट्याक्सी चालकहरुले यात्रु ठग्न नयाँ नयाँ प्रविधि प्रयोग गर्न थालेका छन् । यस तर्फ पनि प्रहरीको ध्यान जानुपर्छ । प्रतिट्याक्सीले मासिक कम्तीमा २० हजार रुपैयाँ बढी भाडा लिँदा उपत्यकामा चल्ने कुल ट्याक्सीले गर्ने ठगी करिब १ करोड हुन्छ । मुलुकी ऐनको ठगी महलअनुसार ठगीको कसुर प्रमाणित भएमा ठग्नेलाई बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था छ । बिगो कायम नभएमा पाँच हजारसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ । त्यस्तै कालोबजार तथा अन्य केही सामाजिक अपराध सजाय ऐन २०३२ मा १० वर्ष कैद र जरिवानाको व्यवस्था गरेको छ ।  यस्ता ठगी रोक्न प्रहरी सक्रियता त आफ्नो ठाउँमा छ तर यात्रु आफै पनि सजग बन्नुपर्छ अनि अरु सरोकारवाला निकायले पनि यो विषयमा अनुगमन थाल्नुपर्छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush