टर्कीमा बढ्दो आतंकवादी हमला

एजेन्सी–भदौ । टर्कीमा छुट्टाछुट्टै दुई स्थानमा भएको कार बम बिस्फोटमा परि ६ जनाको ज्यान गएको छ । घटनामा परि २ सय १९ जना घाइते भएको बताइएको छ ।

turkey kar blastपूर्वी शहर भानमा प्रहरी स्टेशनलाई लक्षित गरी पहिलो आक्रमण भएको थियो । जसमा १ प्रहरी र २ सर्वसाधारणको मृत्यु भएको र ७३ जना घाइते भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । केही घण्टापछि फेरी एलाजिगस्थित प्रहरी स्टेशनमा अर्को बम आक्रमण हुँदा ३ प्रहरी अधिकारीको मृत्यु भएको बताइएको छ । सो घटनामा १ सय ४६ जना घाइते भएका छन् । कुर्दीस लडाकु समुहले आक्रमण गरेको आशंका गरिएपनि आधिकारिक जिम्मेवारी कुनै समूहले लिएको छैन ।

पछिल्लो समय कुर्दीस लडाकु समुहले टर्कीका विभिन्न स्थानमा श्रृंखलाबद्ध आक्रमण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया