रियो ओलम्पिक– दक्षिण एसियाको प्रदर्शन फितलो, अमेरिका बलियो

एजेन्सी–भदौं । खेलप्रेमि सबैको ध्यान अहिले ब्राजिलको रियामा जारी खेलकुदको महाकुम्भ, ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता तर्फ छ ।

riyo americaसाउन २२ गतेदेखि सुरु भएको ओलम्पिक खेलको रौनकसंगै धेरै भन्दा धेरै मेडल जित्ने होड चलेको छ । तर, दक्षिण एसियाली देशहरूको स्वर्णको आशा पुरा नहुँदै रियो ओलम्पिक सकिन लागेको छ । ब्राजिलको राजधानी शहर रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुद प्रतियोगिताको मेडल तालिकामा अहिलेसम्म अमेरिका शीर्ष स्थानमा छ ।

यता, दक्षिण एसियाली राष्ट्रहरुले भने एउटा पनि स्वर्ण पदक नजित्ने लगभग पक्का पक्की जस्तै भएको छ । भरखरै ओलम्पिकमा सहभागि भएका राष्ट्रहरूले स्वर्ण पदक जित्दा नेपाल र अन्य दक्षिण एसियाका राष्ट्रहरू मेडल बिहिन बनेका छन् । अन्य राष्ट्रका तुलनामा दक्षिण एसियाली देशहरू खेलकुदमा किन पछाडी परे ? दक्षिण एसियाली राष्ट्र खेलकुदमा पछि पर्नुमा विश्लेषकहरु दक्षिण एसियाली राष्ट्रका खेलक्षेत्रमा हुने राजनीतिकरण र ब्यक्तिगत स्वार्थलाई मुख्य कारण मान्छन् ।

खेलकुदको पावर हाउस मानिने भारतले जारी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा १५ खेलमा एक सय २३ जना खेलाडी सहभागिता गराएरपनि एक कास्य पदक बाहेक केही जित्न सकेको छैन । श्रीलंकाले ६ खेलमा ९ खेलाडीलाई ओलम्पिकमा सहभागि गराएको छ । नेपाल र बंगलादेशले समान ५ खेलबाट ७ खेलाडी प्रतियोगितामा सहभागि गराएपनि अहिलेसम्म कुनै पदक हात लागेको छैन भने स्वर्ण पदक त सपना जस्तै भएको छ । यता, पाकिस्तानले ४ खेलमा ७ खेलाडी रियो ओलम्पिकमा उतार्‍यो, तर पनि कुनै उपलब्धी हात पार्न सकेको छैन ।

यस्तै, माल्दिभ्स्ले २ खेलमा ४, अफगानिस्तानले दुई खेलमा तीन र भुटानले २ खेलमा २ खेलाडी ३१ औं रियो ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागि गराएका छन् । तर, नतिजा शुन्यको छ

तपाईको प्रतिक्रिया