दुर्घटना कम गर्न बारामा थालियो कडा चेकजाँच

बारा–भदौ २ । दुर्घटना बढेपछि बारामा ट्राफिक चेकजाँचमा कडाई गरिएको छ ।

bara chekingराजमार्गको मुख्य सडक बाराको निजगढ, सिमरा र पथलैयामा ट्राफिक प्रहरीले यातायातका साधन चेकजाँचमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जानकारी दिएको हो । काभ्रेमा भएको बस दुर्घट्नामा २७ जनाको ज्यान गएसंगै दुर्घटना न्यूनीकरण गर्न बारामा ट्राफिक प्रहरीले सक्रियता देखाएको हो ।

आर्थिक वर्ष ०७२/०७३ को असार मसान्तसम्म बारामा ९३ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । यि दुर्घटनामा ४८ जनाले ज्यान गुमाएमा छन् ।

तपाईको प्रतिक्रिया