उदयपुर–भदौं २ । उदयपुरको सदरमुकाम गाईघाट बजारलाई बचाउन स्थानीयले तटबन्ध निर्माण र वृक्षारोपण कार्यलाई तीव्रता दिएका छन् ।
अबिरल बर्षापछि बर्षेनी स्थानीय वरुवा नदीमा आउने बाढीले सदरमुकाम क्षेत्रमा कटान र डुबान हुन थालेपछि स्थानीयले बचावटका लागि बाँध निर्माण र वृक्षारोपणप्रति चासो देखाएका हुन् । उनीहरुले सांसद मन्जुकुमारी चौधरीको निर्वाचन क्षेत्रविकास कोषअन्र्तगत ९ लाख र जनश्रमदान २ लाख, शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको २ लाख ६० हजार लगानीमा बाँध निर्माण कार्य सुरु गरेका हुन् । ३ सय ५० मिटर लामो बाँध निर्माण गर्न जलउत्पन्न प्रकोप लाहानले १ सय ३० वटा तारजाली सहयोग गरेको छ ।
नदी किनारामा विभिन्न प्रजातिका ५ सय बोट विरुवा रोपिएका छन् । बरुवा नदीमा आउने बाढीले बर्षेनी आधा दर्जन परिवार विस्थापित हुनुका साथै सयौं बिघा जमिन वालुवामा परिणत हुने गरेको छ ।