मधेस आन्दोलनबाट ५२ जना शहिद थपिए

काठमाडौं–भदौ २ । मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मी र ४२ आन्दोलनकारी शहिदको सूचीमा थपिएका छन् ।

mantriparisadसिंहदरबारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनका क्रममा मारिएका प्रहरी र आन्दोलनकारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सहिद घोषणा र क्षतिपूर्तिका लागि मधेसी मोर्चाले सरकारलाई ६८ जनाको सूची पेश गरेको थियो । मन्त्रिपरिषदले शहिद घोषणा गरेका व्यक्तिका परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । यस्तै, मन्त्रिपरिषदले तराई आन्दोलनको घटनाको छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा ७ सदस्यीय समिति गठनको निर्णय गरेको छ ।

मन्त्रिपरिषद्बाट योजना आयोगका सहसचिव गोपिनाथ मैनालीको सचिवमा बढुवा समेत भएको छ । अफगानिस्ताको काबुलमा घाइते भएकाहरुको उपचार खर्चबापत्को रकम ९१ लाख रुपैयाँ सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया