राजदूत फिर्ताको सरकारी निर्णयमा सर्वोच्चको अंकुश

काठमाडौं–भदौ १ । सर्वोच्च अदालतले केपीशर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेको १४ राजदूतलाई फिर्ता गर्ने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

sarbochhaप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रस्तावित राजदूतको नाम फिर्ताबारे सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गरेको हो । पूर्वप्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका २१ राजदूतमध्ये राजनीतिक भागबण्डामा परेका १४ राजदूतको नाम सरकारले फिर्ता लिएपछि चार जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिफारिसमा परेकामध्ये परराष्ट्रका ८ जनाको नाम संसदीय समितिबाट अनुमोदन भइसकेको छ ।

Published On:  274पटक हेरिएको

तपाईको प्रतिक्रिया