नेपालसँग सहकार्य गर्न तयार चिनियाँ प्रधानमन्त्री खछ्याङ

एजेन्सी–भदौ १ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको विकास र स्थिायीत्वका लागि मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

chin maa vet_चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालसँग सहकार्य गरेर अघि बढ्न चीन सदैब तयार हुने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रूपमा चीन पुग्नुभएका महराबाट चिनियाँ राष्ट्रपति सी जिनपिङ र आफूलाई नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री खछ्याङले धन्यवाद दिएको चीनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उपप्रधानमन्त्री महराले यसअघि नै चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइसक्नु भएको थियो । चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिले नेपाल र चीनबीच सुमधुर सम्बन्ध रहेको भन्दै नेपाल चीनबीचको आपसि सहकार्य सधै कायम हुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया