एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक

काठमाडौ–भदौ १ । नेपालको नीजि क्षेत्रको दूरसञ्चार प्रदायक संस्था एनसेलले कम्पनीको नयाँ आधिकारिक ब्राण्ड लोगो सार्वजनिक गरेको छ ।

ncl new logoकाठमाडौंमा एनसेलका प्रबन्ध कार्यकारी अधिकृत साइमन पार्किन्स र आजीयाटा गु्रपका दक्षिण एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत डाक्टर हान्स विजयसूर्याले संयुक्त रूपमा नयाँ ब्राण्ड लोगो सार्वजनिक गर्नुभएको हो ।  निर्देशक पार्किन्सले कम्पनीको रिब्रान्डिङ लोगो सार्वजनिक गर्दै रोमाञ्चक अध्याय सुरु भएको बताउनुभयो । नेपाली सञ्चार क्षेत्रमा दीर्घकालीन लगानी गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले कम्पनीले सुपथ मूल्यमा नविनतम सेवा सञ्चालन गर्ने बताउनुभएको थियो ।

एनसेलले सन् २०२६ का लागि १२ अर्ब रूपैयाँको पूँजीगत लगानीको घोषणा गरेको थियो । यसबाहेक कम्पनीले आफ्ना ग्राहकलाई सेवा सञ्चालन गर्न आगामी दुई वर्षमा थप ७० अर्ब रूपैयाँ पूँजीगत लगानी गर्ने भएको छ । करिब १ करोड ४० लाख ग्राहक रहेको एनसेलले ४० हजार जनालाई रोजगारी प्रदान गरेको छ । एनसेलको अहिलेसम्मको लगानी ७४ अर्ब पुगेको छ ।

तपाईको प्रतिक्रिया