बन्दीपुर नगरपालिकाले उठायो लक्ष्यभन्दा बढी राजश्व

तनहँ–भदौ १ । तनहुँको बन्दीपुर नगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

bandipur tanahunनगरपालिकाले ३५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४२ लाखभन्दा बढी राजश्व संकलन गरेको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७१/७२ मा २३ लाख ७८ हजार  राजश्व संकलन गरेको थियो । नगरपालिकामा व्यवसाय कर सुरु हुनुका साथै घर नक्सा पास गर्ने क्रम बढेसँगै राजश्व संकलनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ न्यौपानेले बन्दीपुरको मौलिकता यथावत् राख्दै आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गराउन विकास निर्माणका कार्यक्रमलाई अघि बढाउने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया