गोरखा स्र्पोटिङ क्लब झापा पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ–भदौ  । गोरखा स्र्पोटिङ क्लब दमक झापा पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

footbalताप्लेजुङ सदरमुकास्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा पथरी स्र्पोटिङ क्लब मोरङलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । झापाका सुज्वल श्रेष्ठले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । भोलि हुने फाइनल खेलमा गोरखा स्र्पोटिङ क्लब दमक झापाले संघर्ष स्पोटिङ क्लब ताप्लेजुङको सामना गर्नेछ । यता, ताप्लेजुङमा जारी कञ्चनजंघा च्यालेञ्ज रनिङ शिल्ड प्रतियोगितामा पारिजात महिला फुटबल टिम झापा फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पारिजात झापाले रोयल फुटबल क्लब सिलगुडीलाई दुई–एक गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । झापाकी सम्झना लावतीले खेलको चौथो  मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । पहिलो हाफको १२ औं मिनेटमा रोयल फुटबल क्लब सिलगुडीकी कप्तान सुस्मिता लेप्चाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएकी थिइन् ।

१७ मिनेटमा झापाकी रेखा पौडेलले फ्रि किकलाई सदुपयोग गर्दै दोस्रो गोल थरिन् । पारिजात झापाले फाइनलमा सूर्योदय युवा क्लब मोरङको सामना गर्नेछ ।

Published On:  489पटक हेरिएको

तपाईको प्रतिक्रिया